तपाईं हरु को कुनै लेख तथा रचना हरु भएमा हामीलाई ईमेल गर्नु होला हामी अबस्य अप्लोड गरिदिने छौ । सिन्धुपाल्चोक बासी हरु को साझा फुलबारी हो । तपाईं हामी सम्पूर्ण सिन्धुपाल्चोक बासी एक हौ र प्रबास मा परेको समस्या हरु मिलेर समाधान गरौ ।

Monday 26 January 2009

आम् प्रबासी श्रम जिबी हरुलाई प्रबासी सिन्धु समाज को खाँचो

प्रबासमा स्थापना भएको सिन्धुपल्चोक जिल्ला बासी हरुको भेट घाट र बिचार आदान प्रदान गर्ने मन्च हो प्रबासी सिन्धु समाज । यस् को स्थापना २००८ जुन ८ तारिख का दिन मलेसिया को क्वाला लम्पुर को नेपाल हाउस मा प्रबासी जिबन र भबिस्य को रोजी रोटी र क्षेती पुर्ती राज्यबाट हुनु पर्ने गुण को ओकालत गर्दै २२,००० प्रबासी मज्दुर को जिम्मेवार प्रबासी सिन्धु समाज ले लिएको छ । हरेक राष्ट्र मा श्रम बेची रह नु भएका सिन्धु बासी हरु यस् संस्था मा नाम दर्ता गर्दै सदस्यता बन्न नितान्त आबस्यक छ । सिन्धु समाज एक समाज बादी , स्वभिमानी , राष्ट्र बादी मन्च हो । यस्मा लुकेको कुरा केही छैन , कुनै पार्टी को झन्डा बोकेको छैन प्रबासी मज्दुर को स्वतन्त्र समाज हो । अत विश्वा का हरेक राष्ट्र र संघठन लाई समाज र संघठित ,अनुशासित मानब को आब्स्यक्त पर्दछ । यदी संगठन , समाज मा अनु शासित मानब नभएको भए यो दुनियाँ विश्वा संसार लाई सानो संसार बन्ने थिएन । यदी संघठित न भएको भए कतै नेपाल रहने थिएन । कतै नेपाल राणा हरुको मात्र हुने थियो । कतै नेपाल त्यो हरी सिद्दी टायल् कार्खाना , हेटौंडा कपडा कार्खना बाँस बारी छाला जूत्ता कार्खना जस्तो निजी करण मा पुगी सक्ने थियो । यदी सङठित् नभएको भए नेपाल को तातो पनि भन्सार ले एकै दिन मा १ करोड ६७ लाख राजास्व सङ्कलन गरेको कुरा लाई सुन्न पाईने थिएन । यदी सङठित् नभएको भए हाम्रा बुढी आमा बाबा ले घर बसि बसि महिना को ५०० राज्य को ढुकुटी बाट तलब पाउने थिएन । यदी सङठित् नभएको भए निर्जिब रोवर्ट मानिस् ले जस्तै काम गर्ने रोवर्ट उत्पत्ती अमेरिका ले गर्ने थिएन । यदी नेपाल श्रमिक संघठित मलेसिया मा नगरेको भए अझ ४ गुण बढी नेपाली मज्दुर मलेसिया को जेल मा सड्नु पर्ने थियो । यदी श्रमिक को मुख्पत्र श्रम साप्ताहिक नभैदिएको भए मलेसिया सडक पेटी मै बेवारीसे लास नेपाली हरु को देख नु पर्ने थियो । अत आशा बादी सिन्धुपाल्चोक जिल्ला बासी श्रम जिबी साथीहरु देश ले स्वरोज्गार को परीकल्पना गर्न सकेको छैन । दिनहु सस्तो श्रम बेच्न आम् श्रमिक हरु वाध्य छन । अब का दिन हरुमा एक बर्ष को तोते बोल्ने नानी लाई कोक्रामा छोडि बैदेशिक रोज गर को खोजी मा हाम्रा दिदी बहिनी हरु वाध्य हुने छन । अब का दिन हरुमा २२,००० सिप सिर्जना सहकारी मन्च तयारी गर्ने प्रबासी सिन्धु समाज को उदेश्य छ । हाम्रा प्रबासी मज्दुर हरुको माग हरेक राष्ट्र मा मृत्‍यु हुँदा सरकार ले ति शाहीद का परिवार लाई क्षेती पुर्ती दिन न हिच्किचाओस । शाहीद का सान्तति लाई निशुल्क शिक्षा दिने बन्तोबस्त गरियोस । शाहीद का परिवार लाई स्वास्थ्य मा ५०% छुट गरियोस । यसै माग लाई मध्यनजर् राख्दै आम् सिन्धु बासी दाजु भाई तथा दिदिबहिनी हरु प्रबासी सिन्धु समाज को सदस्य लिउ ।
संस्थापक राम शरण गिरी
प्रबासी सिन्धु समाज