तपाईं हरु को कुनै लेख तथा रचना हरु भएमा हामीलाई ईमेल गर्नु होला हामी अबस्य अप्लोड गरिदिने छौ । सिन्धुपाल्चोक बासी हरु को साझा फुलबारी हो । तपाईं हामी सम्पूर्ण सिन्धुपाल्चोक बासी एक हौ र प्रबास मा परेको समस्या हरु मिलेर समाधान गरौ ।

Monday 26 January 2009

आम् प्रबासी श्रम जिबी हरुलाई प्रबासी सिन्धु समाज को खाँचो

प्रबासमा स्थापना भएको सिन्धुपल्चोक जिल्ला बासी हरुको भेट घाट र बिचार आदान प्रदान गर्ने मन्च हो प्रबासी सिन्धु समाज । यस् को स्थापना २००८ जुन ८ तारिख का दिन मलेसिया को क्वाला लम्पुर को नेपाल हाउस मा प्रबासी जिबन र भबिस्य को रोजी रोटी र क्षेती पुर्ती राज्यबाट हुनु पर्ने गुण को ओकालत गर्दै २२,००० प्रबासी मज्दुर को जिम्मेवार प्रबासी सिन्धु समाज ले लिएको छ । हरेक राष्ट्र मा श्रम बेची रह नु भएका सिन्धु बासी हरु यस् संस्था मा नाम दर्ता गर्दै सदस्यता बन्न नितान्त आबस्यक छ । सिन्धु समाज एक समाज बादी , स्वभिमानी , राष्ट्र बादी मन्च हो । यस्मा लुकेको कुरा केही छैन , कुनै पार्टी को झन्डा बोकेको छैन प्रबासी मज्दुर को स्वतन्त्र समाज हो । अत विश्वा का हरेक राष्ट्र र संघठन लाई समाज र संघठित ,अनुशासित मानब को आब्स्यक्त पर्दछ । यदी संगठन , समाज मा अनु शासित मानब नभएको भए यो दुनियाँ विश्वा संसार लाई सानो संसार बन्ने थिएन । यदी संघठित न भएको भए कतै नेपाल रहने थिएन । कतै नेपाल राणा हरुको मात्र हुने थियो । कतै नेपाल त्यो हरी सिद्दी टायल् कार्खाना , हेटौंडा कपडा कार्खना बाँस बारी छाला जूत्ता कार्खना जस्तो निजी करण मा पुगी सक्ने थियो । यदी सङठित् नभएको भए नेपाल को तातो पनि भन्सार ले एकै दिन मा १ करोड ६७ लाख राजास्व सङ्कलन गरेको कुरा लाई सुन्न पाईने थिएन । यदी सङठित् नभएको भए हाम्रा बुढी आमा बाबा ले घर बसि बसि महिना को ५०० राज्य को ढुकुटी बाट तलब पाउने थिएन । यदी सङठित् नभएको भए निर्जिब रोवर्ट मानिस् ले जस्तै काम गर्ने रोवर्ट उत्पत्ती अमेरिका ले गर्ने थिएन । यदी नेपाल श्रमिक संघठित मलेसिया मा नगरेको भए अझ ४ गुण बढी नेपाली मज्दुर मलेसिया को जेल मा सड्नु पर्ने थियो । यदी श्रमिक को मुख्पत्र श्रम साप्ताहिक नभैदिएको भए मलेसिया सडक पेटी मै बेवारीसे लास नेपाली हरु को देख नु पर्ने थियो । अत आशा बादी सिन्धुपाल्चोक जिल्ला बासी श्रम जिबी साथीहरु देश ले स्वरोज्गार को परीकल्पना गर्न सकेको छैन । दिनहु सस्तो श्रम बेच्न आम् श्रमिक हरु वाध्य छन । अब का दिन हरुमा एक बर्ष को तोते बोल्ने नानी लाई कोक्रामा छोडि बैदेशिक रोज गर को खोजी मा हाम्रा दिदी बहिनी हरु वाध्य हुने छन । अब का दिन हरुमा २२,००० सिप सिर्जना सहकारी मन्च तयारी गर्ने प्रबासी सिन्धु समाज को उदेश्य छ । हाम्रा प्रबासी मज्दुर हरुको माग हरेक राष्ट्र मा मृत्‍यु हुँदा सरकार ले ति शाहीद का परिवार लाई क्षेती पुर्ती दिन न हिच्किचाओस । शाहीद का सान्तति लाई निशुल्क शिक्षा दिने बन्तोबस्त गरियोस । शाहीद का परिवार लाई स्वास्थ्य मा ५०% छुट गरियोस । यसै माग लाई मध्यनजर् राख्दै आम् सिन्धु बासी दाजु भाई तथा दिदिबहिनी हरु प्रबासी सिन्धु समाज को सदस्य लिउ ।
संस्थापक राम शरण गिरी
प्रबासी सिन्धु समाज

Sunday 14 December 2008

जिबन सँग जोडीएका केही सम्बन्ध हरु

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? अौसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मपछी मृत्यु अकट्य छ जीवन भएको स्थनमा मृत्‍यु पक्कै हुन्छ।
अन्तर्मनमा अन्कुरिएका ति असंख्या चाहनाहरु जो जिउनुको अर्था खोज्दै भौतारिरहेका हुन्छन हासो,खुशी,आशु,रोदन,मिलन,विछोड, सन्जोग र वियोग संगै सम्झौता गरी समयकै दोशी बन्न आफ्नो गन्ताब्यहिन यात्रालाई छोटयेका हुन्छन संघर्श जो जीवनको उपहार हो त्यसैसंगै लडी आफु आफुमै जीवनतसम्म अपरिचित भई समयको आवेग् संगै लछारिदै पछारिदै हर एक ब्यक्तिसँग परीचित भएर बाच्नुको अर्थ शायद जीवन होला
जीवन असिमित् आरोह र अवरोधको गुच्छा हो ति गुच्चाहरुमध्ये कसैको निधार मा बिझाउने काडा होला त कसैको निधार मा लटरम्म फुल्ने फुल होला जेहोस् जीवन आफैमा सर्वश्रेठ छ र महान पनि छ ।
के मैनबत्तिको अस्तितो केही छैन त ? जो महान छ आफु जल्छ रुन्छ पग्लन्छ प्रकाश छरिदिन्छ शायद महान र बलिदानको परिभाशा भनेको यही नै होला सबैलाई उज्यालो आ-आफ्नो मतलब र स्वार्थ रहनछ यो मतलबी संसारमा यहाँ मैनबत्तिको आशुको प्रभाव कसलाई ? सबैलाई उज्यालो भए पुग्ने तर मैनबत्तिको पिडा सम्झने को ? यो संसारमा पिर,पिडा,चित्ता र दु:खबाट कोही स्वतन्त्रा छ? भगवान गौतम् बुद्ध पनि रहेनन कहिले बुढा मानिस् लाई देखेर त कहिले मरेको लाशलाई देखेर हरेक नयाँ बिहानिले नवजीवनको शुरुवात गराउदछ पुराना बिझ्ने काडाहरु मनबाट झिकेर फ्यक्दै अघी बढ्नुपर्छ हाम्रो भाग्यले हाम्रो सहन् शक्तिको परिक्षा दिन जिन्दगीका बाटहरुमा हजारौ बाधाहरु तेर्स्याउदछन् तिनलाई पन्छाउदै अघी बढ्नुपर्दछ बहादुरिको सबैभन्दा ठुलो परिक्षा त्यही हो बितेका कुरा सम्झना र अनुभव हुन आउने समयलाई समयको चित्रालाई आँखामा उतारी तस्नुपर्दछ तिनैलाई साकार रुप दिने सपना खेलाउनुपर्दछ विपना खुलाउनुपर्छ हरिया रुखका सम्पूर्ण पातहरु शिशिरले झारिदिन्छ पत सदाका लागि ति रुखहरु उजाड कहिल्यै हुँदैनन आँफै वसन्त आउँदैन बनभरी राताम्मे जुन फुलहरु फुलेका छन ति सबैले शित र वर्शातको आशु अनी असिना र घामको संघर्श बोकेका छन ।
गूण देरै खायो भने तितो हुन्छ रे यो अवस्य हो यो कुरा सत्य छ तर यहाँ गूणको के दोश स्वाद चाख्न्ने जिब्रोको होइन र ? प्रेमलाई पुतलिको खेलौना सम्झने धोकेबाजहरु मायाको भाषाले जिन्दगीको परीभाषा दिन मुर्खता मात्र हुन्छ सपना र विपनाको बिचमा अन्तर यही होला शायद मेरो विचारमा,,,.............देखेका सपनाहरु अक्सर विपनामा आएर भत्कने गर्दछ बितेका ति क्षेणहरुलाई एउटा सग्या दिएर बिहानिको उदयसँग जिन्दगीलाई दोर्याउनु बुद्धिमानी हो हो केही मन रोइदेला हृदयले नमान्ला त्यही पनि परिस्थिती त्यस्तै पर्न आयो भने कसैलाई बलिदन पनि गर्नुपर्छ मनलाई यती बलियो बनाउनु कि बिस्वासघात् वा निस्ठुरिको सम्झनाले मन कहिले नरोओस र परेलिबाट मोती नझरोस हामी पनि मान्छे हौ हामी अरुको स्वार्थको लागि विश पिउने पशुपतिथ त अवश्य बन्न सक्दैनौ कसैले हाम्रो मुटु टुक्रा टुक्रा पारीदियो भन्दैमा के हामी स्वयमले आफ्नो मुटुमाथि छुरी घोचेर छिया छिया पार्नु उचित छ कसैले तिम्रो मुटुमाथि चोट पुर्याउछ भने आफुले झन चोट थप्नु उचित हुन्छ ? यहाँ जिन्दगीलाई वर्तमानले सम्झाउनुपर्दछ हामीले हाम्रो जिन्दगीलाई बगैचाको फर्केको फुलले सजाउनुपर्दछ झरेका पातहरु गनेर अवस्य होइन हामीले हाम्रो रातहरु आशुले सिरानी भिजाएर होइन छायाहरुलाई गनेर होइन आकाशका ति ताराहरु गनेर बिताउनुपर्दछ जीवन वास्तवमा आशैमा अडिएको छ सुर्यतिर फर्किएर अघी बढ्यो भने छाया स्वत: नै पछाडि नै पर्छ जब सेता परेवाहरु कागहरुसँग घुलमिल गर्न थाल्छन् तिनका आँखामा सेतै रहन्छ तर मुटु मन भने कालो नै रहन्छ अक्सर धोकेबाजहरुको मन यसरी नै कालो बनेको हुन्छ जब तिनले कागबाट धोका पाउछन तब मात्र यथार्थको आँखाले हेर्न थाल्दछन पश्ताचापमा जल्छन तिमी अब त्यसदिनलाई प्रतिक्षा गर धैर्या गरेर पर्खन सक्नुपर्दछ प्रतिक्षाको फल मिठो हुन्छ ।
पाउजु नलगाई पनि शायद मजासँग नाच्न सकिन्छ विगतलाई बिर्सिएर वर्तमान अगाल्दै बाँच्न सकिन्छ म आँफैसँग मेरो जुत्ता हराएर चिन्तित भए तर अलि पर अगाडि पुगेपछी एउटा खुट्टा नभएको मान्छे देखे मसँग कमसेकमा खुट्टा त छ यहाँ धर्तिमा तिम्रालागी फुलेका फुललाई बिर्सेंर तिमी आकाशको तारा तिप्न हात नफैलाउ सबै कुराको आ आफ्नो सुन्दर्ता हुन्छ पसलेले मात्र जान्दछ हिराको मूल्य सिसा पसलेले तिम्रो महत्व बुझिदिएन भनेर के तिमी आँफैलाई टुक्राउन सुहाउछ ?
तसर्थ संघर्श नै संघर्शको जीवन झेली संसारमा अडनुपर्छ साथी विस्वासहरु बनाउदै आफुले अघी बढ्ने कोशीस गर्नुपर्दछ आफ्नो मनलाई बाधिराख्न्नुपर्दछ फुत्कन कहिल्यै दिनुहुदैन तिमीलाई काडाकाडाको भुमरिमा फसाएर आफु तर्की जानेछ त्यसैले कसैले कसैको विस्वास नगर्नु किनकी ढुङ्गाको चोट खानुपर्दछ माया कसैले कसैलाई नबुझिकन नगास्नु निश्टुरी मन पनि हुनसक्छ त्यसैगरि तिम्रो कलिलो मुटुमा तिखो काडा घोची मायाको नाउमा तिमीलाई खेलौनाको पात्र बनाइदेला ।
please be careful in your love .....................

dawa rinjin lama
site: www.dawarinjin.tk
baruwa-9 sindhupalchok
now malaysia ,kuala lumpur

"मेरो प्यारो सिन्धु"...

जुगल हिमालको काँखमा झलमलाई रहेकोसुनकोशी,भोटेकोशी र ईन्द्रवती सङै सलबलाई रहेको !
उच्च हिमाली अनि पहाडी क्षेत्रमा बिस्तारित भएकोहरियाँ फाँट,बनजंगल र डाँडाकाडाँले सजिएको !!
"मेरो प्यारो सिन्धु"राजधानिबाट नजिकै तर बिकासले नभेटेकोजनता पनि छैनन् धनि छैनन् धेरै पढेँको !
(रपनि)उच्च आदर्श र सरल जिबन संस्कृतिले भरिएकोसबै जात धर्म र कलाको समिश्रण गरिएको !!
"मेरो प्यारो सिन्धु"
बाह्रबिसे,तातोपानी,मेलम्चि,चौतारा राम्रो लाग्छ शहरनयाँ नेपाल,शान्त र सुखी जिवन सिन्धु बासीँ को रहर !
पिस्कर देखी जनयूद नेपालको हरेक परिबर्तनराम्रा काम र निर्णयमा मिल्छ सबको समर्थन !!
"मेरो प्यारो सिन्धु"
क्रसर मेशिन,खरीढुंगा,गोलभेडा र प्याजगाउँ स्तरमै बिकासले त सम्पन छन आज !
धान,मकैं,कोदो-गहुँ उत्पादन राम्रोत्यसैले त खुसी छन सिन्धु बासीँ हाम्रो !!
"मेरो प्यारो सिन्धु"
बोन्जि जम्प,रयाफ्टिङ र प्रक्रितिले पर्यटक तान्नेचिन संगको यातायातले अर्थतन्त्र धान्ने !
प्राधिकरण-खानेपानी आयोजना धेरैत्यसैले त प्यारो लाग्छ सिन्धुपाल्चोक मेरै !!
त्यसैले त प्यारो लाग्छ सिन्धुपाल्चोक मेरै !!!
हरि कृष्ण न्यौपाने
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक बाट

बिहानी किरण को बैचारिक आवाज

आदर्णीय राष्ट्रिय चिन्तित राष्ट्रबादी श्रमजिबी स्वदेश तथा बिदेशमा कार्यरत बिबेकशिल तमाम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो तर्फबाट राष्ट्र निर्माण को लागि महान बिचार का धनी तपाईं हरु माझ् महान अभियान का साथ बिहानि किरणका साथ्साथै महान अभियानका बिगुल फुकेका छौ । यस् महान अभियान नयाँ नेपाल लोकतान्त्रिक नेपाल ,नौलो जनबाद लाई साथ् दिन्दै राष्ट्र निर्माणमा एकता बद्ध हुन तमाम प्रबासी तथा स्वदेशी बिबेकशिल मज्दुर ब्यापारी ,पत्र कार ,बुद्दीजिबी यस् मलेसियामा कार्यरत नेपाल सरकारको तर्फबाट खटिएका महामायु ज्युमा समेत् राष्ट्र निर्माणमा साथ दिन ,आफ्नै देश मा रोज्गार को पारीकल्पना र दिर्घ्कालिन योजनाको लागि एकताबद्द हुन हामी अनुरोध गर्दछौ । कि तमाम श्रमजिबी प्रबासी नेपाली दाजुभाई तथा दिदीबहीनीहरुमा उदाहरण त यसरी दिन्छौ कि आदर्णीय श्रम् जिबी साथीहरु यस् प्रबासी भुमी मलेसिया मा मात्र ४ लाख नेपाली रोजीरोटीकोलागि प्रबेश भएको कुरा सुनिन्छ । तथ्यांक तत्कालिन राजद्रुताबास लाई थाहा अनिबार्य छ । यदी राष्ट्र प्रती एक् चोटि सोच्ने हो भने पक्कै नयाँ नेपाल बिकासित बनाउने हो भने अब पर्देशी भुमी बाट जुट्नु पर्ने छ । नयाँ नेपाल को बिकास मा श्रम जिबी हरुको हात जुट्नु पर्ने छ । हरेक मज्दुर हरु स्वछ बिचार ले जुट्नु पर्ने छ । उदाहरण मा यसरी उभिएका छौ कि हामी ४ लाख नेपाली हरुले १ महिना मा १ रिङेट् मात्र राष्ट्र बिकासमा जम्मा गरौ । महिना मा ७८,००,००० रुपैया कम्ती मा जम्मा हुन्छ । त्यस्तै गरी साउदी अरब, दुबइ ,कतार ,यसै गरी अन्य राष्ट्र मा छरिएर रहेका बिबेक शिल मज्दुर हरुले सङठित् गर्दै जम्मा गर्ने हो भने राष्ट्र मा अरबौ रुपैयाँ जम्मा हुनेछ । सो रकम लाई नियमित रुप ले सुरक्षा दिएर राष्ट्रमा रेल मार्ग बिध्युत खानि मा लगनी गर्ने हो भने एसिया कै चर्चित राज्य मा नेपाल चिनिने छ ।
नेपाली बर्ग मा दिब्य सन्देश के हो भने आज नेपाल २१ औ सताब्दी मा लागि सक्दा पनि आफ्नै घमन्ड , नाताबाद् , र कृपा बाद् को पछाडि पर्दै बिकासमा एसियाबाटै पछाडिदछ । कहिले राणा राज्य ,कहिले पञ्चे राज्य , कहिले शाह खन्दन को राज्य हुँदा हुँदै जन जन घनत्व ले बिक्रल लिइसक्यो नेपाली भुमी साघुरिदै गयो । बेरोज गरिले माहामारी चलाई सक्यो । अन्य देश ले रोजिरोटी दिन्छ दिन्न भनेर कुर्नु परि सक्यो । नेपाली राज नेता हरु सत्ता र संघठन मा मात्र लोभित्त भाईरहे । नेपाली जनता लाई बली को बोका बनाए । बिबेक् शिल नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुमा राष्ट्रिय आवाज , राष्ट्र बादी बिचार लिएर उभिदिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ कि नेपाल को ७५ ओटै जिल्ला बाट अेका छौ । ७५ जना राष्ट्रिय बिचार लिएर उभिन अनिबार्य छ । आश बादी श्रम्जिबी साथीहरु हामी साथी हजार देखी एक लाख पक्षस हजार सम्मा रिन धन गरी यस् भुमी मा प्रबेश गर्यौ थाहा छ ? फेरी हामीले लेभी एक सय देखी एक सय पचास् सम्मा तिर्नु परेको छ । नेपाली २४ हजार देखी ३६ हजार सम्मा यो देश लाई कर तिर्नु परेको छ । र त यो देश बिकासमा तिब्र गतिले अघी बढेको छ । के हामी पनि आफ्नो देश मा बिकास र धन राशी जम्मा गर्न को लागि महिना को नेपाली २० रुपैया १ रिङेट् छुट्याउन सक्दैन त? १ रिङेट् को लागि ठाउँ ठाउँ मा मोर्चा गठन गरेर जम्मा गरी बैंक बाट मान्यता प्राप्त मनि एक्स्प्रेश ले जिम्मे वारी का साथ राख न सक्छन भन्दै राष्ट्र बादी बिचार सामेल हुन तमाम बिबेक शिल नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा बिनम्र अनुरोध गर्दछौ ।
राम शरण गिरी
प्रबासी सिन्धु समाज मलेसिया