तपाईं हरु को कुनै लेख तथा रचना हरु भएमा हामीलाई ईमेल गर्नु होला हामी अबस्य अप्लोड गरिदिने छौ । सिन्धुपाल्चोक बासी हरु को साझा फुलबारी हो । तपाईं हामी सम्पूर्ण सिन्धुपाल्चोक बासी एक हौ र प्रबास मा परेको समस्या हरु मिलेर समाधान गरौ ।

Sunday 14 December 2008

बिहानी किरण को बैचारिक आवाज

आदर्णीय राष्ट्रिय चिन्तित राष्ट्रबादी श्रमजिबी स्वदेश तथा बिदेशमा कार्यरत बिबेकशिल तमाम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो तर्फबाट राष्ट्र निर्माण को लागि महान बिचार का धनी तपाईं हरु माझ् महान अभियान का साथ बिहानि किरणका साथ्साथै महान अभियानका बिगुल फुकेका छौ । यस् महान अभियान नयाँ नेपाल लोकतान्त्रिक नेपाल ,नौलो जनबाद लाई साथ् दिन्दै राष्ट्र निर्माणमा एकता बद्ध हुन तमाम प्रबासी तथा स्वदेशी बिबेकशिल मज्दुर ब्यापारी ,पत्र कार ,बुद्दीजिबी यस् मलेसियामा कार्यरत नेपाल सरकारको तर्फबाट खटिएका महामायु ज्युमा समेत् राष्ट्र निर्माणमा साथ दिन ,आफ्नै देश मा रोज्गार को पारीकल्पना र दिर्घ्कालिन योजनाको लागि एकताबद्द हुन हामी अनुरोध गर्दछौ । कि तमाम श्रमजिबी प्रबासी नेपाली दाजुभाई तथा दिदीबहीनीहरुमा उदाहरण त यसरी दिन्छौ कि आदर्णीय श्रम् जिबी साथीहरु यस् प्रबासी भुमी मलेसिया मा मात्र ४ लाख नेपाली रोजीरोटीकोलागि प्रबेश भएको कुरा सुनिन्छ । तथ्यांक तत्कालिन राजद्रुताबास लाई थाहा अनिबार्य छ । यदी राष्ट्र प्रती एक् चोटि सोच्ने हो भने पक्कै नयाँ नेपाल बिकासित बनाउने हो भने अब पर्देशी भुमी बाट जुट्नु पर्ने छ । नयाँ नेपाल को बिकास मा श्रम जिबी हरुको हात जुट्नु पर्ने छ । हरेक मज्दुर हरु स्वछ बिचार ले जुट्नु पर्ने छ । उदाहरण मा यसरी उभिएका छौ कि हामी ४ लाख नेपाली हरुले १ महिना मा १ रिङेट् मात्र राष्ट्र बिकासमा जम्मा गरौ । महिना मा ७८,००,००० रुपैया कम्ती मा जम्मा हुन्छ । त्यस्तै गरी साउदी अरब, दुबइ ,कतार ,यसै गरी अन्य राष्ट्र मा छरिएर रहेका बिबेक शिल मज्दुर हरुले सङठित् गर्दै जम्मा गर्ने हो भने राष्ट्र मा अरबौ रुपैयाँ जम्मा हुनेछ । सो रकम लाई नियमित रुप ले सुरक्षा दिएर राष्ट्रमा रेल मार्ग बिध्युत खानि मा लगनी गर्ने हो भने एसिया कै चर्चित राज्य मा नेपाल चिनिने छ ।
नेपाली बर्ग मा दिब्य सन्देश के हो भने आज नेपाल २१ औ सताब्दी मा लागि सक्दा पनि आफ्नै घमन्ड , नाताबाद् , र कृपा बाद् को पछाडि पर्दै बिकासमा एसियाबाटै पछाडिदछ । कहिले राणा राज्य ,कहिले पञ्चे राज्य , कहिले शाह खन्दन को राज्य हुँदा हुँदै जन जन घनत्व ले बिक्रल लिइसक्यो नेपाली भुमी साघुरिदै गयो । बेरोज गरिले माहामारी चलाई सक्यो । अन्य देश ले रोजिरोटी दिन्छ दिन्न भनेर कुर्नु परि सक्यो । नेपाली राज नेता हरु सत्ता र संघठन मा मात्र लोभित्त भाईरहे । नेपाली जनता लाई बली को बोका बनाए । बिबेक् शिल नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुमा राष्ट्रिय आवाज , राष्ट्र बादी बिचार लिएर उभिदिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ कि नेपाल को ७५ ओटै जिल्ला बाट अेका छौ । ७५ जना राष्ट्रिय बिचार लिएर उभिन अनिबार्य छ । आश बादी श्रम्जिबी साथीहरु हामी साथी हजार देखी एक लाख पक्षस हजार सम्मा रिन धन गरी यस् भुमी मा प्रबेश गर्यौ थाहा छ ? फेरी हामीले लेभी एक सय देखी एक सय पचास् सम्मा तिर्नु परेको छ । नेपाली २४ हजार देखी ३६ हजार सम्मा यो देश लाई कर तिर्नु परेको छ । र त यो देश बिकासमा तिब्र गतिले अघी बढेको छ । के हामी पनि आफ्नो देश मा बिकास र धन राशी जम्मा गर्न को लागि महिना को नेपाली २० रुपैया १ रिङेट् छुट्याउन सक्दैन त? १ रिङेट् को लागि ठाउँ ठाउँ मा मोर्चा गठन गरेर जम्मा गरी बैंक बाट मान्यता प्राप्त मनि एक्स्प्रेश ले जिम्मे वारी का साथ राख न सक्छन भन्दै राष्ट्र बादी बिचार सामेल हुन तमाम बिबेक शिल नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा बिनम्र अनुरोध गर्दछौ ।
राम शरण गिरी
प्रबासी सिन्धु समाज मलेसिया

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete